३० श्रावण २०८३, शनिबार | August 15, 2026

माओवादी अध्यक्ष प्रचण्ड बिहानैदेखि दौडधुपमा, माधव नेपालसँग भेटवार्तापछि पुगे बालुवाटार



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बिहानै देखि नेताहरुसँग भेटवार्ता गर्न दौडधुप शुरु गरेका छन् । बिहानै एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका प्रचण्ड त्यहाँबाटै सिधै प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।

अध्यक्ष प्रचण्डको एमाले नेपाल पक्षलाई सरकारमा सहभागी गराउने मनसाय विपरित नेपाल पक्षले पार्टी एकताको पक्षमा लाग्ने निर्णय गरेपछि प्रचण्डले आफ्नो भेटवार्तालाई तिब्र बनाएका हुन् ।

नेपाल पक्षलाई सम्मानजनक रुपमा सरकारमा सहभागी बनाउने योजना विपरित नेपाल पक्षको सोमबारको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने र गालीगलौज नगर्ने निर्णय गरेपछि सत्ता साझेदारीको प्रयास अन्यौलमा परेको छ ।

माधव नेपालसित करिब ४५ मिनेट छलफल गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

नेपाल पक्षलाई सरकारमा सहभागी गराउने, संवैधानिक आयोगहरुमा नियुक्ति र मन्त्रिपरिषद विस्तारबारे वरिष्ठ नेता नेपालसँग छलफल गरेर प्रचण्ड प्रधानमन्त्री निवास पुगेका हुन् ।

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : २० बजे

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।