२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

युरोकप फुटबल : चेक रिपब्लिकले विजयी सुरुवात



काठमाडौं । जारी युरोकप २०२० फुटबलमा चेक रिपब्लिकले विजयी सुरुवात गरेकाे छ । स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा साेमबार भएकाे समूह ‘डी’ काे खेलमा चेक रिपब्लिकले घरेलु टाेलीलाई ०-२ गाेलले पराजित गरेकाे हाे ।

चेक रिपब्लिकलाई जित दिलाउन दुवै गाेल प्याट्रिक शिकले गरेका थिए । खेलमा जायन्ट किलरको छवि बनाएको घरेलु टाेली स्कटल्याण्डले गोलको केही अवसर बनाएको थियो । तर, स्कटल्याण्डले पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

४२ औं मिनेटमा प्याट्रिकले हेडरमार्फत् गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । कर्नरबाट आएको बललाई स्कट म्याकटोमिनेले ब्लक गरेपनि भ्लादिमिर कोउफलले गरेको क्रसलाई प्याट्रिकले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

यस्तै, ५२ औं प्याट्रिकले अग्रता दाेब्बर बनाए । थोमस सौउसेकले काउन्टर अट्याकमा फालेको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि स्कटल्याण्डका गोलकिपर डेभिड मार्सल अघि बढेको स्थितिमा प्याट्रिकले करिब ५० यार्डबाट गरेकाे प्रहार सिधैं गाेल भएकाे थियाे ।

चेकले पछिल्लोपटक २०१० मा स्कटल्याण्डलाई १-० ले पराजित गरेको थियो । जितसँगै समूह ‘डी’ को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।

यस समूहमा इंग्ल्याण्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेकाे छ । क्रोएसिया अंक विहीन रहँदै तेस्रो स्थानमा रहेको छ । आइतबार भएकाे खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १-० ले पराजित गरेकाे थियाे ।

स्कटल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । स्कटल्याण्ड समूहको पुछारमा रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ८ : ५७ बजे

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कालीगण्डकी कोरिडोर : लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ