२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

युरोकप फुटबल : चेक रिपब्लिकले विजयी सुरुवात



काठमाडौं । जारी युरोकप २०२० फुटबलमा चेक रिपब्लिकले विजयी सुरुवात गरेकाे छ । स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा साेमबार भएकाे समूह ‘डी’ काे खेलमा चेक रिपब्लिकले घरेलु टाेलीलाई ०-२ गाेलले पराजित गरेकाे हाे ।

चेक रिपब्लिकलाई जित दिलाउन दुवै गाेल प्याट्रिक शिकले गरेका थिए । खेलमा जायन्ट किलरको छवि बनाएको घरेलु टाेली स्कटल्याण्डले गोलको केही अवसर बनाएको थियो । तर, स्कटल्याण्डले पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

४२ औं मिनेटमा प्याट्रिकले हेडरमार्फत् गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । कर्नरबाट आएको बललाई स्कट म्याकटोमिनेले ब्लक गरेपनि भ्लादिमिर कोउफलले गरेको क्रसलाई प्याट्रिकले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

यस्तै, ५२ औं प्याट्रिकले अग्रता दाेब्बर बनाए । थोमस सौउसेकले काउन्टर अट्याकमा फालेको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि स्कटल्याण्डका गोलकिपर डेभिड मार्सल अघि बढेको स्थितिमा प्याट्रिकले करिब ५० यार्डबाट गरेकाे प्रहार सिधैं गाेल भएकाे थियाे ।

चेकले पछिल्लोपटक २०१० मा स्कटल्याण्डलाई १-० ले पराजित गरेको थियो । जितसँगै समूह ‘डी’ को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।

यस समूहमा इंग्ल्याण्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेकाे छ । क्रोएसिया अंक विहीन रहँदै तेस्रो स्थानमा रहेको छ । आइतबार भएकाे खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १-० ले पराजित गरेकाे थियाे ।

स्कटल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । स्कटल्याण्ड समूहको पुछारमा रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ८ : ५७ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने