१८ चैत्र २०८२, बुधबार | April 1, 2026

अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानहरुमा सडक अवरुद्ध



बुटवल । सोमबार बिहानबाट आएको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका बिभिन्न स्थानहरुमा सडक अवरुद्ध हुनुका साथै पहिरोका कारण क्षति हुन पुगेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल देवदह खण्डको डाईभर्सन भत्कँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुटवल नारायणगढ सडक निर्माण भईरहेको बुटवल–देबदहसडक खण्डमा चरंगे नजिकै डाइभर्सन गरेको डाईभसैन बगाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए । उनले पानी बन्द नभई सडक सुचारु हुने अवस्था नरहेको बताउँदै नयाँ सुचना नआउँदा सम्म राजमार्गका यात्रा तय नगर्न आग्रह गरे । सडक अवरुद्ध भएपछि राजमार्गमा दर्जनौ मालबाहक सवारी साधन र निजी सवारी साधनहरु सडकमा अलपत्र परेका छन् ।

उता सिद्धार्थ राजमार्गको ३ स्थानमा गएको पहिरो पन्छाएर केहीबेरबाट एकतर्फि सडक सुचारु गराईएको छ । राजमार्गको भुम्सा, कालिको खोला र राम्दी पुल नजिकै गएको पहिरोका कारण अवरुद्ध सडक एकतर्फि संचालनमा आएको डीएसपी पाण्डेले जानकारी दिए ।

दुई दिनदेखिको अविरल बर्षाले गुल्मीको इस्मा गाउँपालिका ५ मैदानमा राजेश परियारको निर्माणाधिन घर भत्किएपछी उनकी श्रीमती जानुका परियार घाइते भएकी छिन् । त्यस्तै इस्मा १ उजुङकी छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुङ्गाले पुरिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ०९ बजे

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध