२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानहरुमा सडक अवरुद्ध



बुटवल । सोमबार बिहानबाट आएको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका बिभिन्न स्थानहरुमा सडक अवरुद्ध हुनुका साथै पहिरोका कारण क्षति हुन पुगेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल देवदह खण्डको डाईभर्सन भत्कँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुटवल नारायणगढ सडक निर्माण भईरहेको बुटवल–देबदहसडक खण्डमा चरंगे नजिकै डाइभर्सन गरेको डाईभसैन बगाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए । उनले पानी बन्द नभई सडक सुचारु हुने अवस्था नरहेको बताउँदै नयाँ सुचना नआउँदा सम्म राजमार्गका यात्रा तय नगर्न आग्रह गरे । सडक अवरुद्ध भएपछि राजमार्गमा दर्जनौ मालबाहक सवारी साधन र निजी सवारी साधनहरु सडकमा अलपत्र परेका छन् ।

उता सिद्धार्थ राजमार्गको ३ स्थानमा गएको पहिरो पन्छाएर केहीबेरबाट एकतर्फि सडक सुचारु गराईएको छ । राजमार्गको भुम्सा, कालिको खोला र राम्दी पुल नजिकै गएको पहिरोका कारण अवरुद्ध सडक एकतर्फि संचालनमा आएको डीएसपी पाण्डेले जानकारी दिए ।

दुई दिनदेखिको अविरल बर्षाले गुल्मीको इस्मा गाउँपालिका ५ मैदानमा राजेश परियारको निर्माणाधिन घर भत्किएपछी उनकी श्रीमती जानुका परियार घाइते भएकी छिन् । त्यस्तै इस्मा १ उजुङकी छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुङ्गाले पुरिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ०९ बजे

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कालीगण्डकी कोरिडोर : लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ