११ श्रावण २०८३, सोमबार | July 27, 2026

निषेधाज्ञा नखुलेसम्म कर असुली र जरिवाना नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । बन्दाबन्दी या निषेधाज्ञा लागुभएको समयअवधिमा मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेसँग जरिवाना असुल नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

सर्वोच्चले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिँदै जरिवाना असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको पहिलो अन्तरिम आदेश विरुद्ध अर्थमन्त्रालय र आन्तरिक राजस्व विभागले भ्याकेट निवेदन दिएका थिए ।

तर, न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलाशले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा नखुलेसम्म कर र जरिवाना लिन नपाउने आदेश जारी गरेका छन् ।

अब करदाताले बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्नेछन् । सर्वोच्चको आदेशसँगै करदातालाई केही समय राहत मिलेको छ ।

सर्वोच्चले अन्तरिम आदेश दिए पनि सरकारलाई कर उठाउन सक्ने बाटो भने सोभ्झ्याइदिएको छ । जटिल अवस्थामा बाधा अड्काउ फुकाउ गर्नसक्ने कानूनी प्रावधानलाई अहिलेसम्म सरकारले प्रयोग गर्न चासो नदेखाएको भन्दै सर्वोच्चले भनेको छ, ‘…अत अहिलेको कोरोनाको महामारीको परिस्थितिलाई मध्यनजर गरी उक्ता दफा कार्यान्यन गर्न गराउनको निमिक्त आवश्यक व्यवस्था समेत यथाशीघ्र गर्नु गराउनु भनि नेपाल सरकारको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ ३ बमोजिम आदेश गरिदिएको छ ।’

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/court-jariwana-nagaraunu.pdf” title=”court jariwana nagaraunu”]

 

 

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : १५ बजे

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना