२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

युरोकप फुटबल : पोर्चुगलको सानदार सुरुवात, रोनाल्डोले बनाए कीर्तिमान



काठमाडौं । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा साविक विजेता पोर्चुगलले घरेलु टोली हंगेरीलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

ग्रुप अफ डेथ मानिएको समूह समूह ‘एफ’को पहिलो खेलमा पोर्चुगलले खेलको अन्तिम समयमा लगातार तीन गोल गर्दै सुखद् सुरुवात गरेको हो ।

पोर्चुगलले अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो । ८४ औँ मिनेटमा राफायल गुएर्रोले अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट लगत्तै पोर्चुगलले पेनाल्टी प्रहारको मौका पाएको थियो जसमा क्रिस्टियानो रोनाल्डो सफल रहे । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको गोल संख्या एक सय ६ पुगेको छ । उनी इरानका अलि दाईको कीर्तिमान बराबरी गर्नबाट ३ गोलले मात्र पछाडि छन ।

यो समूहमा फ्रान्स र जर्मनी पनि छन । यी दुई टोली केही बेरमा भिड्दै छन ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : ५२ बजे

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५