१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान



काठमाडौं । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै ४ सय बढीको ज्यान गएको थियो ।

पहिरोको पूर्वसूचना यसै वर्षदेखि

यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छ ।

यस वर्ष भने बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट १८ लाख बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिए ।

उनले यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका १ लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान रहेको जानकारी दिएका हुन् ।

दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङलगायतका जिल्लामा पहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवनलगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको जोखिम रहेको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले यस वर्ष पहिरोको पूर्वानुमान ‘प्रभावमा आधारित पूर्वसूचना प्रणाली’ सुरु गरिएको जानकारी दिए । यो प्रणालीबाट पहिरोबाट हुने मानवीय क्षति कम गर्न सकिने पोखरेलले बताए ।

‘विगतमा हामीले बाढीको मात्र पूर्वानुमान गर्ने गरेका थियौं, यस वर्षदेखि पहिरोको पनि पूर्वानुमान गर्न सकिने सूचना प्रणालीमा हामी छौं, यसले मानवीय क्षति कम गर्न सक्ने अपेक्षा छ, यो प्रणाली पहिरोको अति जोखिम रहेका नौ जिल्लामा प्रयोग गरिनेछ,’ प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले राजधानीसँग भने ।

यो प्रणालीबाट जोखिममा रहेका जिल्लामध्ये कुनकुन ठाउँमा पहिरोको जोखिम बढी छ र त्यहाँ कति पानी पर्दा पहिरो जान सक्छ भन्ने भन्नेबारे प्राधिकरणले यकिन गर्न सक्छ । त्यसपछि प्राधिकरणले देशभरका सूचना एकीकृत गरी राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र हुँदै जिल्ला र स्थानीय तहसम्म घटनाको सम्भावनाबारे जानकारी दिने गर्छ । यसरी पूर्वानुमान भएसँगै जोखिम क्षेत्रमा रहेका व्यक्तिलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ ।

प्राधिकरणले यसै गरेर नै बाढीको पूर्वानुमान गर्दै आएको छ भने यो प्रणालीबाट सूचना दिने संयन्त्रको विकास गरेसँगै बाढीबाट हुन सक्ने जनधनको क्षतिसमेत कम हुँदै आएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ५४ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय