७ आश्विन २०८३, बुधबार | September 23, 2026

रासायनिक मलको कोटा निर्धारण



कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो ।

कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने शाखा कार्यालयका निमित्त कार्यालय प्रबन्धक बलबहादुर शाहले बताए । कार्यालयले जारी गरेको सूचनाअनुसार भीमदत्त नगरपालिकालाई निर्धारित कोटाअनुसार ५९४ बोरा (२९ दशमलव सात मेट्रिक टन), वेदकोट नगरपालिकालाई ५४० बोरा (२७ मेट्रिक टन) र शुक्लाफाँटा नगरपालिकालाई ५४० (२७ मेट्रिक टन) मल उपलब्ध गराइनेछ ।

यसैगरी कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकालाई ७०२ बोराका दरले (३५ दशमलव १०० मेट्रिक टनका दरले) तथा दोधारा चाँदनी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकालाई ५४० बोराका दरले (२७ मेट्रिक टन) उपलब्ध गराइनेछ ।

स्थानीय तहले वडाअनुसार मलखाद बिक्री वितरण गर्ने सहकारीको छनोट गरी मल बिक्री वितरणको व्यवस्था मिलाएका छन् । जग्गाको क्षेत्रफल, किसानको सङ्ख्यालाई आधार बनाई वडावडामा सोहीअनुसार मलको कोटा निर्धारण गरिएको छ ।

मलको मागअनुसार आपूर्ति थोरै भएको किसानको गुनासो छ । मलको अभाव हुन थालेपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायनिक मल प्रयोग गर्न बाध्य छन् । वर्षा हुने क्रमसँगै कञ्चनपुरमा धान रोपाइँको काम शुरु भएको छ ।

महाकाली सिँचाइको नहरको पहुँच पुगेका क्षेत्रमा भने वैशाखको अन्तिम हप्तादेखि रोपाइँ शुरु भएको थियो । धानको खेती हुने कूल जग्गाको १५ प्रतिशत जग्गामा हालसम्म रोपाइँको काम गरिएको छ । रासस

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई