८ बैशाख २०८१, शनिबार | April 20, 2024

रासायनिक मलको कोटा निर्धारण



कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो ।

कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने शाखा कार्यालयका निमित्त कार्यालय प्रबन्धक बलबहादुर शाहले बताए । कार्यालयले जारी गरेको सूचनाअनुसार भीमदत्त नगरपालिकालाई निर्धारित कोटाअनुसार ५९४ बोरा (२९ दशमलव सात मेट्रिक टन), वेदकोट नगरपालिकालाई ५४० बोरा (२७ मेट्रिक टन) र शुक्लाफाँटा नगरपालिकालाई ५४० (२७ मेट्रिक टन) मल उपलब्ध गराइनेछ ।

यसैगरी कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकालाई ७०२ बोराका दरले (३५ दशमलव १०० मेट्रिक टनका दरले) तथा दोधारा चाँदनी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकालाई ५४० बोराका दरले (२७ मेट्रिक टन) उपलब्ध गराइनेछ ।

स्थानीय तहले वडाअनुसार मलखाद बिक्री वितरण गर्ने सहकारीको छनोट गरी मल बिक्री वितरणको व्यवस्था मिलाएका छन् । जग्गाको क्षेत्रफल, किसानको सङ्ख्यालाई आधार बनाई वडावडामा सोहीअनुसार मलको कोटा निर्धारण गरिएको छ ।

मलको मागअनुसार आपूर्ति थोरै भएको किसानको गुनासो छ । मलको अभाव हुन थालेपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायनिक मल प्रयोग गर्न बाध्य छन् । वर्षा हुने क्रमसँगै कञ्चनपुरमा धान रोपाइँको काम शुरु भएको छ ।

महाकाली सिँचाइको नहरको पहुँच पुगेका क्षेत्रमा भने वैशाखको अन्तिम हप्तादेखि रोपाइँ शुरु भएको थियो । धानको खेती हुने कूल जग्गाको १५ प्रतिशत जग्गामा हालसम्म रोपाइँको काम गरिएको छ । रासस

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : १४ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु