सिन्धुपाल्चोक । मेलम्चीको बाढीमा फसेका दुइ व्यक्तिलाई नेपाली सेनाले हेलिकोप्टरबाट उद्दार गरेको छ ।
अविरल वर्षापछि मंगलबार साँझबाट मेलम्ची नदीमा आएको भीषण बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेको मेलम्ची बजारस्थित रोज होटलको छतमा दुई जना व्यक्ति फसेका थिए ।
होटलमा बाढी पसेपछि उनीहरु बाहिर निस्कन नसकेर रातिदेखि नै छतमा फसेका थिए । उनीहरुलाई बुधबार बिहान सेनाको हेलिकोप्टरले डोरीको सहायताले उद्दार गरेको हो ।
हेलम्बुमा आएको पहिरो र मेलम्ची एवं इन्द्रवती नदीमा आएको बाढीका कारण यस मनसनु सुरुभएयता सिन्धुपाल्चोकमा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ । सात जनाको मृत्यु भएको छ भने अझै कैयौं वेपत्ता रहेका छन् ।
सिन्धुपाल्चोक बाढीपहिरो लगायतका प्राकृतिक विपत्तिबाट सधैंभर पीडित बन्दै आएको छ ।



















प्रतिक्रिया