२६ बैशाख २०८१, बुधबार | May 8, 2024

महाविपतको समयमा उद्दार र राहतमा सक्रिय बन्न पार्टीका नेता र कार्यकर्तालाई प्रचण्डको निर्देशन



काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो प्रभावितहरुको उद्दार र राहतमा सक्रिय बन्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै महाविपतको समयमा राहत र उद्दार कार्यमा आआफ्नो क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

प्रचण्डले मौसमविदहरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनिकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रवैयाका कारण जनधनको ठूलो क्षति भएको आरोप लगाएका छन् ।

प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘हरेक वर्ष वर्षायाममा तराई मधेश डुब्ने र पहाडी भूभागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्दार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु ।’

विज्ञप्तिमार्फत प्रचण्डले बाढीपहिरोमा परि ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, वेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि अनुरोध पनि गरेका छन् ।

अध्यक्ष प्रचण्डले उद्दार र राहतकार्यमा जुटिरहेका सुरक्षकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायको सक्रियताप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : २८ बजे

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय