११ बैशाख २०८१, मंगलबार | April 24, 2024

एमाले वरिष्ठ नेता माधव नेपाल र जसपा नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता



काठमाडौं । नेकपा एमालेमा दोस्रो पुस्ताका नेताहरुको पार्टीलाई कताबद्ध बनाउने सम्बन्धमा लगातारको दवाव पछि एमाले अध्यक्ष केपी ओली केही नरम देखिएसँगै विपक्षी गठबन्धनका नेताहरुले एमाले वरिष्ठ नेता माधव नेपालसंगको भेटघाटलाई तिब्र बनाएका छन् ।

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई भेटन कोटेश्वर पुगेको २ दिन पछि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

आज अपरान्ह डा. भट्टराई र वरिष्ठ नेता नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

नेकपा एमालेबीच एकता कायम राख्न नेताहरुले प्रयास जारी राखेका बेला नेता नेपाललाई विपक्षी गठबन्धनका नेताहरुले बारम्बार भेटवार्ता गरिराख्नुलाई अर्थपूर्ण हेरिएको छ ।

विपक्षी पाँच दलबीच आगामी चुनावसम्मकै लागि चुनावी गठबन्धन बनाएर जाने बिषयमा छलफल भईरहेको सार्वजानिक भएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा लचकता देखाएको देखिएको छ ।

विपक्षी गठबन्धनका नेताहरु भने ओली र नेपालपक्षलाई मिल्न नदिने रणनीतिमा रहेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : २८ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना