१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमाले वरिष्ठ नेता माधव नेपाल र जसपा नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता



काठमाडौं । नेकपा एमालेमा दोस्रो पुस्ताका नेताहरुको पार्टीलाई कताबद्ध बनाउने सम्बन्धमा लगातारको दवाव पछि एमाले अध्यक्ष केपी ओली केही नरम देखिएसँगै विपक्षी गठबन्धनका नेताहरुले एमाले वरिष्ठ नेता माधव नेपालसंगको भेटघाटलाई तिब्र बनाएका छन् ।

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई भेटन कोटेश्वर पुगेको २ दिन पछि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

आज अपरान्ह डा. भट्टराई र वरिष्ठ नेता नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

नेकपा एमालेबीच एकता कायम राख्न नेताहरुले प्रयास जारी राखेका बेला नेता नेपाललाई विपक्षी गठबन्धनका नेताहरुले बारम्बार भेटवार्ता गरिराख्नुलाई अर्थपूर्ण हेरिएको छ ।

विपक्षी पाँच दलबीच आगामी चुनावसम्मकै लागि चुनावी गठबन्धन बनाएर जाने बिषयमा छलफल भईरहेको सार्वजानिक भएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा लचकता देखाएको देखिएको छ ।

विपक्षी गठबन्धनका नेताहरु भने ओली र नेपालपक्षलाई मिल्न नदिने रणनीतिमा रहेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : २८ बजे

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको शानदार

देशभर मनसुनी प्रभाव कायम, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि