१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाँकेका क्रियाशिल पत्रकारलाई २ लाख को दुर्घटना बिमा, हरेक पटक दुर्घटना हुँदा २० हजार बराबरको उपचार खर्च



नेपालगन्ज । बाँकेमा क्रियाशिल पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ बाँके शाखाले २ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिने भएको छ । शाखा कार्यसमितिको आज बसेको बैठकले उक्त निर्णयउ गरेको शाखा सचिव कमल डाँगीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने उदेश्यले सम्पूर्ण सदस्य र जिल्लामा क्रियाशिल रहेका अन्य पत्रकारकालागि समेत २ लाख रुपैयाँको दुर्घटना बिमा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सोही बिमाबाट पत्रकारहरुले २० हजारसम्मको उपचार खर्च पाउने दिर्घकालीन रुपमा अपाङ्ग भएका तथा ज्यान गुमाएका पत्रकारको हकमा बिमाले २ लाख रुपैयाँ रुपैया उपलब्ध गराउने गरि बिमा गर्ने निर्णय भएको पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले बताए । पत्रकारहरु हरेक पटक दुर्घटना हुँदा उपचार बापत बढीमा २० हजार सम्म उपचार खर्च बिमा कम्पनीले ब्यहोर्ने गरि बिमा गर्न थालिएको भण्डारीले बताए ।

महासंघले आफ्नै पहलमा देशमै पहिलो पटक पत्रकारका लागि यो योजना अगाडि सारेको महासंघ बाँके शाखाले दाबी गरेको छ । यस अघि प्रदेश सरकारको अनुदानमा प्रदेशका क्रियाशिल महासंघका सदस्यहरुलाई १ लाख बराबरको कोरोना बिमा गरिदिएको थियो ।

सचिव डाँगीद्धारा जारी बिज्ञप्तीमा बाँकेमा क्रियाशिल छुटेका सबै पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ५५ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।