६ पुस २०८२, आइतबार | December 22, 2025

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा स्थानान्तरण हुन मौसमविद्को सुझाव



काठमाडौं । मनसुन सक्रिय हुनबित्तिकै सुरु भएको झरी अझै पनि जारी छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भू-भागमा भारि वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच, अझै केही दिन पानी पर्ने भएको छ । मंगलबार र बुधबारको तुलनामा केही कम वर्षा हुने तर नरोकिने मौसमविद् बताउँछन् ।
अघिल्ला दुई दिनको तुलनामा आज र भोलि केही कम पानी पर्ने तर नरोकिने मौसमविद् मीनकुमार अर्यालको भनाइ छ । “हिजो र अस्ति जसरी अति भारी वर्षा भयो त्यही अनुपातमा अब वर्षा हुने देखिँदैन । तर आज र भोलि पनि गण्डकी, वाग्मती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ,” मौसमविद् अर्याल भन्छन् ।

पानी कम परे पनि सचेत हुनुपर्ने उनी बताउँछन् । ठूलो पानी परेर जमिन गलेकाले सानो पानी पर्दा पनि पहिरो जानसक्ने भएकाले यसबाट सचेत हुनुपर्नेमा उनको जोड छ । “यो वर्ष मनसुन सुरु हुनबित्तिकै ठूलो पानी पर्यो । ठूलो पानी पर्दा जमिन गलेकाले जुनसुकै बेला कमजोर जमिनमा पहिरो जाने सम्भावना हुन्छ,” उनी भन्छन्, “त्यसैले कमजोर पहाडी भू-भागमा बसोबास गर्ने व्यक्ति सचेत हुनुपर्छ ।”

कमजोर जमिनमा बस्ति छ भने सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्नेमा उनी सुझाउँछन् । नदी तटीय क्षेत्रमा रहेका बस्ती केही समयका लागि सार्नु पर्ने उनी बताउँछन् । “पहाडमा ठूलो पानी पर्दा त्यसको असर तराईमा नदी तटीय क्षेत्रमा देखिन्छ । पहाडमा कुनबेला पानी परिरहेको छ भन्ने थाहा नहुँदा तराईका कुन नदीमा कुन समय बाढी आउँछ भन्ने थाहा हुँदैन । रातको समयमा बाढी आयो भने तराइको नदीकिनारका बस्तिमा जनधनको ठूलो क्षति हुनसक्छ,” मौसमविद् अर्याल भन्छन्, “त्यसैले नदीकिनारमा रहेका बस्ती र कमजोर पहाडका बस्ती केही समयका लागि सुरक्षित स्थानमा स्थानान्तरण गर्न सके सम्भावित क्षतिबाट बच्न सकिन्छ ।”

कतिपय नदीमा पानीको बहाव उच्च हुन बित्तिकै खतराको संकेत स्वरुप अलर्ट राखिएको र ती अलर्ट आफैं बज्ने भएकाले त्यही अनुसार सचेत हुनुपर्ने भन्दै उनी त्यसको पहुँच नभए फोन गरेर भए पनि बुझेर अवस्थाको जानकारी लिनुपर्ने बताउँछन् ।

स्थानीय निकायले आफ्नो क्षेत्रको अवस्था आफ्ना नागरिकलाई निरन्तर सजिलो माध्यमबाट जानकारी गराइरहनु पर्ने र सोही अनुसारको पूर्वतयारी गर्नुपर्ने मौसमविद् अर्यालको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ७ : ३७ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको