७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजपनि बाढीको बितण्डा कायम रहने, कहाँ कहाँ आउँदै छ बाढी ?



बुटवल । जल मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज गुल्मीको बडिघाट, रुद्रबेनी तथा सुनकोशी दोलालघाटमा सबै भन्दा ठुलो बाढी आउन सक्ने पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले नियमित बुलेटिन मार्फत कन्त्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेपनि खतराको बिन्दु भन्दा कम रहेको जनाएको छ ।

महाशाखाले लुम्बिनी प्रदेशको पहाडी भागमा आज पनि अविरल वर्षा हुने जनाउँदै पश्चिम राप्ती तथा तिनाउ नदीको वहाव उच्च रहने पूर्वानुमान गर्दै सतर्ह रहने भनेको छ । बुलेटिनमा लुम्बिनी प्रदेशमा आज प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुममा बढी वर्ष हुने अनुमान गरेको छ ।

शुक्रबार पनि मनसुनको प्रभाव देशैभर कायम रहने उल्लेख गर्दै महाशाखाले लुम्बिनी प्रदेशको पश्चिम राप्ती र तिनाउमा बाढी आउने सम्भावना कायम रहने जनाएको छ । शुक्रबार राप्ती, तिनाउ सहित बबई नदीका सहायक नदीहरुमा समेत बाढी आउने पूर्वानुमान छ ।

लुम्बिनी सहितको पश्चिम क्षेत्रका मध्य पहाडी क्षेबबाट चुरे भई बग्ने खोला तथा नदीहरुको वहावले खतराको सीमा नाघ्न सक्ने भन्दै नदी आसपासका स्थानियलाई सतर्क रहन माहाशाखाले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई