२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

कोरोनामा साथ दिदै बुटवल उद्योग बाणिज्य संघ कस्मेटिक समिति, खुवायो २ सय जनालाई खाना



बुटवल । कोभिड-१९ को संक्रमणसंगै जारी निषेधाज्ञा र अविरल वर्षाका कारण दैनिक गुजारा चलाउन आम नागरिकलाई कठिन छ ।
यस्तोमा धेरै संघसंस्थाहरुले आआफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन ।

दैनिक मजदुरीबाट बन्चित भएर भोकभोकै बस्न बाध्य करिब २ सय जनालाई बुटवल उद्योग बाणिज्य संघ कस्मेटिक तथा गिफ्ट बस्तुगत समिती बुधबार खाना खुवाएको हो ।

राधाकृष्ण मन्दिर परिसरमा तिनाउ वरिपरि बाढीले बिस्तापित तथा ज्याला मजदुरीबाट बन्चितहरुलाई भोजन गराएको समितिका सभापति अलिम दिनले बताए ।

कार्यक्रममा उधोग बाणिज्य संघ बुटवलका अध्यक्ष उज्ज्वल कसजुले खाना खुवाएर शुरुवात गरे । संघ अन्तरगतका सबै उपसमिति ब्यवसायसंगै सामाजिक कार्यमा अग्रसर रहेको उनले बताए । यस्ता कामले नै आफुहरु यो क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको उनले दाबी गरे ।

समितिका उपासभापति तथा संयोजक बिष्णु उपाध्यायले कोभिड संक्रमण न्युनिकरण गर्न आम्दा कोरोना अस्पताल संचालनका लागि आफुहरुले कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिमार्फत १ लाख २५ हजार समेत हस्तान्तरण गरिसकेको बताए ।

समितका सचिब सन्तोष नेपालले कार्यक्रमको आवश्यकता अनुसार नियमित गरिने बताए । संघ अन्तरगत १० बस्तुगत उपसमिति छन भने कस्मेटिक उपसमितिमा करीब ४ दर्जन सदस्यहरु छन ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ५८ बजे

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे