४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोनामा साथ दिदै बुटवल उद्योग बाणिज्य संघ कस्मेटिक समिति, खुवायो २ सय जनालाई खाना



बुटवल । कोभिड-१९ को संक्रमणसंगै जारी निषेधाज्ञा र अविरल वर्षाका कारण दैनिक गुजारा चलाउन आम नागरिकलाई कठिन छ ।
यस्तोमा धेरै संघसंस्थाहरुले आआफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन ।

दैनिक मजदुरीबाट बन्चित भएर भोकभोकै बस्न बाध्य करिब २ सय जनालाई बुटवल उद्योग बाणिज्य संघ कस्मेटिक तथा गिफ्ट बस्तुगत समिती बुधबार खाना खुवाएको हो ।

राधाकृष्ण मन्दिर परिसरमा तिनाउ वरिपरि बाढीले बिस्तापित तथा ज्याला मजदुरीबाट बन्चितहरुलाई भोजन गराएको समितिका सभापति अलिम दिनले बताए ।

कार्यक्रममा उधोग बाणिज्य संघ बुटवलका अध्यक्ष उज्ज्वल कसजुले खाना खुवाएर शुरुवात गरे । संघ अन्तरगतका सबै उपसमिति ब्यवसायसंगै सामाजिक कार्यमा अग्रसर रहेको उनले बताए । यस्ता कामले नै आफुहरु यो क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको उनले दाबी गरे ।

समितिका उपासभापति तथा संयोजक बिष्णु उपाध्यायले कोभिड संक्रमण न्युनिकरण गर्न आम्दा कोरोना अस्पताल संचालनका लागि आफुहरुले कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिमार्फत १ लाख २५ हजार समेत हस्तान्तरण गरिसकेको बताए ।

समितका सचिब सन्तोष नेपालले कार्यक्रमको आवश्यकता अनुसार नियमित गरिने बताए । संघ अन्तरगत १० बस्तुगत उपसमिति छन भने कस्मेटिक उपसमितिमा करीब ४ दर्जन सदस्यहरु छन ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको