१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

मेलम्ची र हेम्लबुका बाढीपीडितलाई काठमाडौं महानगरद्वारा २ करोड रुपैयाँ सहयोगको घोषणा



काठमाडौं । मेलम्चीको खानेपानी काठमाडौंबासीलाई ल्याएको गुन तिर्दै काठमडौं महानगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई अािर्थक सहयोग गरेको छ ।

काठमाडौं महानगरले मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार काठमाडौं महानगरपालिकाकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बाढीपीडितलाई आर्थिक सहयोगको घोषणा गरेका हुन् । यो रकम उद्दार तथा राहत खर्चका लागि दिइने शाक्यले बताएका छन् ।

काठमाडौंबासीको खानेपानीको मुख्य स्रोत बनेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमै भीषण बाढीपहिरो जाँदा ६ जनाको मृत्यु भएको थियो भने २० जना भन्दा बढी वेपत्ता भएका छन् । यस्तै हेलम्बु र मेलम्चीमा दर्जनौं घर डुबानमा परेका छन् । करोडौंको भौतिक क्षति भएको छ । सयौं स्थानीय घरबारबिहीन भएका छन् ।

काठमाडौं महानगरपालिकाले आफ्नालागि खानेपानी दिएका कारण सिन्धुपाल्चोकका यी दुई नगरपालिका र गाउँपालिकालाई आर्थिक सहयोग दिएको हो ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  २ : ०५ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी