१८ माघ २०८२, आइतबार | February 1, 2026

युरोकप फुटबल : युक्रेनको पहिलो जित, नकआउट चरणमा पुग्ने सम्भावना कायम



एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा युक्रेनले पहिलो जित निकालेको छ ।

रोमानियाको नेशनल एरिनामा बिहीबार भएकाे खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २-१ ले पराजित गरेकाे हाे ।

पहिलोपटक युरोकप खेलिरहेको नर्थ म्यासेडोनियाविरुद्ध युक्रेनका यार्माेलेन्को र रोमन यारेमचुकले गोल गरे । यता, नर्थ म्यासेडोनियाका इज्ग्जान एलिओस्कीले एक गोल फर्काए । याे युक्रेनकाे पहिलाे जित हाे । युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३-२ ले पराजित भएको थियो । यता, नर्थ म्यासेडोनियाले अष्ट्रियासँग ३-१ को हार बेहोरेको थियो ।

खेलको नवौं मिनेटमा रुस्लान मालिनोभ्स्कीको प्रहारलाई नर्थ म्यासेडोनियाका गोलरक्षक स्टोल डिमिट्रिभ्स्कीले बचाउदा युक्रेन अग्रता लिनबाट चुक्यो । १७औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्न अवसर खेर फाले । २४ औं मिनेटमा यार्माेलेन्कोको प्रहारलाई गोलरक्षक डिमिट्रिभ्स्कीले उत्कृष्ट बचाए ।

२९ औं मिनेटमा कप्तान यार्माेलेन्कोले एलेक्सान्डर काराभाइवको पासमा गोल गर्दै युक्रेनलाई अग्रता दिलाए । ३४ औं मिनेटमा यार्माेलेन्कोले पासमा रोमन यारेमचुकले युक्रेनको अग्रता दोब्बर पारे । ३९औं मिनेटमा म्यासेडोनियाका कप्तान गोरान पाण्डभले गोल गरेपनि उनी अफसाइड ठहरिए ।

४७ औं मिनेटमा एरिजान एडेमीको प्रहारमा गोलरक्षक जर्ज बुस्चानले डाइभ गर्दै क्लियर गरे । ५१ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीको फ्रिकिकलाई डिमिट्रिभ्स्कीले बचाए । ५७औं मिनेटमा म्यासेडोनियाले पेनाल्टी पायाे ।

एलेक्सान्डर ट्राजकोभ्स्कीको प्रहार क्रसबारमा लागेर फर्केपछि रिवाउन्डमा कप्तान गोरान पाण्डभले प्रहार गर्न खोजेका थिए । त्यसक्रममा काराइभले फउल गरेपछि रेफ्रीले भीएआरको सहायतामा म्यासेडोनियालाई पेनाल्टी दिएका थिए । जसलाई इज्ग्जान एलिओस्कीले प्रहार गरेका थिए । तर, गोलरक्षक जर्ज बुस्चाले बचाएपनि रिवाउन्डमा एलिओस्कीनै गोल गरेका थिए ।

८४ औं मिनेटमा युक्रेनले पेनाल्टी पाएकाे थियाे । मालिनोभ्स्कीको फ्रिकिकलाई पेनाल्टी बक्समा स्टेफन रिस्टोभ्स्कीले ह्यान्ड गरेपछि रेफ्रीले भीएआरको सहयता लिँदै युक्रेनलाई पेनाल्टी दिएका थिए । तर, मालिनोभ्स्कीको प्रहारलाई गोलरक्षक डिमिट्रिभ्स्कीले बचाए ।

जितसँगै समूह ‘सी’ मा रहेकाे युक्रेनले दुई खेलबाट ३ अंक जोडेको छ । अंकविहीन म्यासेडोनिया पुछारमा रहेको छ । युक्रेनले समूह चरण पार गर्ने सम्भावना जीवितै राखेकाे छ । यता, दोस्रो हार बेहोरेको नर्थ म्यासेडोनियाको समूह चरण पार गर्ने सम्भावना झिनो बनेको छ ।

नेदरल्याण्ड्स र अष्ट्रियाको पनि समान ३ अंक छ । यी दुई टोलीले आज राति नै प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ११ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा