१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

३ दिनबाट अवरुद्ध पूर्वपश्चिम राजमार्गको बुटवल सुनवल खण्ड राती ९ बजेबाट सुचारु



बुटवल । बिगत ३ दिनदेखि अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्गको बुटवल देवदह खण्ड आज रातीबाट सुचारु भएको छ । अविरल वर्षाका कारण बुटवल नारायणगढ सडक अन्तर्गत चरङ्गे नजिकै डाईभर्सन बगाउँदा ३ दिन देखि राजमार्ग अवरुद्ध रहेको थियो ।

सडक डिभिजन कार्यालय बुटवलको लगातार २ दिनको प्रयासमा राजमार्ग आज राती ९ बजेबाट सुचारु भएको लुम्बिनी प्रदेश ट्रापिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम राजमार्ग भएर गन्तब्य तय गरेका मालबाहक सवारी साधन तथा निजी सवारी साधनहरुले बैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए ।

आज अपरान्हबाट सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकपनि एकतर्फी सुचारु भएको छ । बुटवल पोखरा र गुल्मी पाल्पाका लागि छुटेर ३ दिन देखि सडकमा अलपत्र परेका सवारी साधनहरु आज साँझबाट गन्तब्य प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ५४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम