२९ मंसिर २०८२, सोमबार | December 15, 2025

उदयपुरमा विषादीयुक्त आँप बिक्री



उदयपुर । जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरु बिक्री गरिरहेका छन् ।

गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेको गाईघाटका वासिन्दाले बताएका छन् ।

बिषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपले उपभोक्ताको स्वास्थ्यमा हानी हुन सक्ने उनीहरुको भनाइ छ । त्रियुगा नगरपालिका—११ गाईघाटका सन्तोषी कार्कीका अनुसार आँप किनेर लगेर खाएपछि पखाला लागेको छ । यस्ता विषादीयुक्त पदार्थहरु मिसाएर पकाएका आँपहरु अहिले प्रतिकिलो सय रुपैयाँभन्दा माथि महँगो मूल्यमा व्यापारीहरुले बिक्री गर्ने गरेको वडा नं १० बोक्सेका दुर्गा खड्का बताउँछिन् ।

वडा नं ११ जनप्रेमी टोलका कुमार रोकाका अनुसार अहिले गाईघाट बजारमा बिक्री हुने गरेका आँपहरुमध्ये ५० प्रतिशत भारतबाट ल्याउने गरिएको छ । -रासस

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : १२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार