१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पार्टीको वैधानिकता दावी गर्दै जसपाको उपेन्द्र पक्ष निर्वाचन आयोगमा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु पार्टीको वैधानिकता दावी गर्दै निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगमा दर्ता भएको पार्टीको कार्यकारिणी समितिको बहुमत संख्या आफुहरुसँग रहेको दाबी गर्दै आधिकारीकता र बैधानिकताको माग गर्न नेताहरु आयोग पुगेका हुन् ।

जसपाको यादव पक्षको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइए पनि सो कारवाहीलाई आयोगले अस्विकार गरेपछि यादव पक्षले पुनः बैधानिकाताको दाबी प्रस्तुत गर्न आयोग जाने निर्णय गरेको थियो ।

यादवले ठाकुरलाई कारवाही गरेकै दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाएका थिए ।आयोगले ३० जेठमा दुवै समूहको मागदावी अनुसार दल दर्ता किताब अद्यावधिक नगरिदिएपछि आयोगको निष्पक्ष्तामा समेत यादव पक्षले प्रश्न उठाएको थियो ।

यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आज फेरि आयोग गएका हुन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ३ : १७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम