१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पार्टी छाडेका स्थानिय तहका पदाधिकारीको दल त्यागको सुचना निकाल्न माग गर्दै माओवादी नेताहरु निर्वाचन आयोग पुगे



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेताहरु स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, दिनानाथ शर्मा लगायतको टोली निर्वाचन आयोग पुगेर पार्टी परित्याग गरेका र पार्टीले कारवाही गरेकाहरुको पद खारेजीको सुचना प्रकाशित गर्न आयोग पदाधिकारीसँग माग गरेका छन् ।

स्थानीय तहमा पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेको र कारवाही गरेको पत्र पार्टीले आयोगमा बुझाए पनि आयोगले दल त्याग गरेको सुचना प्रकाशित नगरेपछि नेताहरु आयोग पुगेका हुन् ।

आयोगले सुचना जारी नगरेसम्म पद खाली प्रावधान रहेकाले माओवादीका निस्काशित भएका स्थााियतहका पदाधिकारीहरु पदमै बसेर काम गरिरहेका छन् । माओवादी केन्द्रबाट स्थानीय निर्वाचन जितेका मेयर उपमेयर र वडाध्यक्ष गरी १७,१८ जना रहेको माओवादी नेता लिलामाणी पोखरेलले बताए ।

माओवादी केन्द्रका नेताहरूसँगको कुराकानीमा आयोगका पदाधिकारीहरुले आयोगको निर्वाचन नियमावलीमा केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भनिएको बताएको आयोग पुगेका पोखरेलले बताए । नेताहरुले माओवादीको कन्द्रीय समितिले अध्यक्ष प्रचण्डलाई कारवाहीको अधिकार प्रत्यायोजन गरेकाले अध्यक्षबाट भएको कारवाही आधिकारीक हुने आयोगबा पदाधिकारीहरुलाई बताएका थिए । उनीहरुले कन्द्रले अधिकार दिए बमोजिम अध्यक्ष प्रचण्डबाट भएकाले सोही कारवाहीलाई आधिकारीकता मान्न् आयोगलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ३ : ५५ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल