४ पुस २०८२, शुक्रबार | December 20, 2025

तिनाउ र दानव नदी किनारको बस्तीमा क्षेति पुग्नुको जिम्मेवारी बुटवल उपमहानगरले लिनुपर्ने : बुटवल कांग्रेस



बुटवल । नेपाली कांग्रेसको बुटवल उपमहानगर समितिले तिनाउ र दानव नदीले बढी क्षति पु¥याउनुमा बुटवल उपमहानगरपालिका जिम्मेवार भएको आरोप लगाएको छ । उपमहानगर समितिको आज बसेको बैठकले तिनाउ र दानव नदीमा अत्याधिक नदी दोहन भएका कारण बाढीले बस्तीमा क्षति पुगेको ठहर गरेको छ ।

जुनजुन स्थानमा गिटी बालुवा बढी निकालिएको छ त्यही स्थामनमा नदीले बढी क्षेति पु¥याएको भन्दै कांग्रेसले नदी दोहन बन्द गर्न र बाढीबाट क्षेति पुगेकाहरुलाई उपमहानगरले उचित व्यवस्था गर्न माग गरेको छ । बैठक पछि उपमहानगर सभापति खेलराज पाण्डेले विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाको अवधिको जरिवाना छुटको घोषणा गरिएपनि खानेपानी, बिद्युतको महसुल बुझाउन जाँदा सर्वसाधारणसँग जरिवाना असुल अरिएको आरोप लगाएका छन् । निषेधाज्ञाका कारण बन्द रहेका कार्यालयहरुले जरिवाना असुल्न बन्द गर्न आह्वान गर्दै कांग्रेसले त्यस अवधिको छुटको व्यवस्था गर्न समेत माग गरेको छ ।

निषेधाज्ञाले रोजगार गुमाएका र बिहान बेलुका छाक तार्न नसकेका श्रमिकहरुको पहिचान गरि यथासिघ्र उपमहानगरले राहतको कार्यक्रम घोषणा गर्न समेत कांग्रेस बुटवल उपमहागर समितिले माग गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको