७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस १४ औं महाधिवेशन : रुपन्देही क्षेत्र नं २ को सभापतिमा पौडेल समुहका लम्साल पुन: विजयी



बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा हरि लम्साल पुन: विजयी भएका छन ।

मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पौडेल समुहका लम्साल पुन: विजयी भएका हुन ।

सभापतिमा विजयी पौडेल समुहका लम्सालले ४०२ मत प्राप्त गर्दा अर्का देउवा समुहका प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताए ।

त्यस्तैगरि सचिव पदमा देउवा समुहका उम्मेद्वार प्रजापाल गिरी र पौडेल समुहका बिमलराज भट्टराई निर्वाचित भएका छन । सचिवमा निर्वाचित देउवा समुहका गिरीले ४२९ मत र पौडेल समुहका निर्वाचित भट्टराईले ३६८ मत प्राप्त गरेका छन ।

सहसचिव पदमा पौडेल समुहका मिलन थापाले ३५१ मत र राजबहादुर क्षेत्रीले ३४० मत सहित विजयी भएका छन ।

महाधिवेशन प्रतिनिधीमा पनि मिश्रित परिणाम आएको छ ।

खुल्ला सदस्यहरुमा विवेश पुरी(भरत) हिमाल गैरे र पुरन शाही बिजयी भएका छन् । खस आर्य पुरुषबाट यज्ञ प्रसाद खनाल र राजेन्द्र प्रसाद रिजाल, खस आर्य महिलाबाट अनिता केसी, आदिवासी जनजाति महिलाबाट लक्ष्मी श्रेष्ठ, आदिवासी जनजाति पुरुषबाट टेक बहादुर रेस्मी दलित सदस्यमा ओम प्रकाश बि।क निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी महाधिवेशन प्रतिनिधिमा महेश कुमार थैव, कुल प्रसाद लामिछाने, रिता सेन, सावित्रा टंडन, जमुना ढकाल बालकुमारी भण्डारी, माया गौतम, नुमा थापा, रोमणी प्रसाद पाठक, गुप्त बहादुर क्षेत्री, डिल्ली प्रसाद शर्मा, गंगा गुरुङ, नारायण प्रसाद पुन गोकर्ण पौडेल, चिरञ्जीवी शर्मा पौडेल, चुन्न प्रसाद पौडेल, दीर्घ बहादुर केसी (कुमार), प्रकाश राना, सुन्दर गहतराज रामवली चौधरी फणीन्द्र प्रसाद शर्मा, महेशमान शिंह, राम बहादुर कार्की हरी बहादुर आचार्य क्षेत्री बिजयी भएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई