१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कांग्रेसको आन्तरिक निर्वाचन : झल्को आम निर्वाचनको (फोटो फिचर)



बुटवल । प्रमुख विपक्षी दल एमालेले महाधिवेशनमा हुने निर्वाचनको भिडन्तका कारण पार्टी विभाजन भएको निष्कर्श निकाल्दै सर्वसम्मतको पक्षमा उभिएका बेला कांग्रेसले भने पूर्ण लोकतान्त्रिक बिधिबाट प्रतिनिधि छनौटको प्रक्रियालाई अगाडि बढाएको छ ।

आज कांग्रेसको देशभरी क्षत्रिय समितिका लागि अधिवेशन भइरहेको छ । आम निर्वाचनकै झल्को दिने गरि आज दिनभरी बुटवलको कांग्रेस कार्यकर्ताहरु पार्टीको आन्तरिक निर्वाचनमा जुटेका छन् । बुटवलको बालमन्दिर स्थित बुटवल उद्योग बाणिज्य संघको कार्यालय परिषरमा आज सम्पन्न हुँदै गरेको काँग्रेस क्षेत्रिय अधिवेशनले आम निर्वाचकै झल्को दिएको छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रिय समितिका लागि २ वटा समूह बनाएर चुनावी मैदानमा उत्रिएका काँग्रेसी कार्यकताहरु भन्दा ठुलो संख्यामा चुनावी माहौल हेर्न गएकाहरुले निर्वाचन भइरहेको क्षेत्र भरिभराउ भएको छ ।

उम्मेदवारहरुका समर्थकहरुले लगाएको आ आफ्ना पक्षका नाराले मतदान स्थलको माहौल निकै तताएको छ । संस्थापन पक्ष र इतर पक्षको छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा भिडेका कांग्रेसहरुले निर्वाचन आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड भेद सबै प्रयोग गरेको देखिएको छ । कसैले प्रचार सामाग्री सहितको पानी वितरण गरेका छन् भने कुनै उम्मेदवारले समर्थकहरुलाई जुस पिलाईरहेको दृष्य मतदान स्थलमा देख्न सकिन्छ । ब्यानर र प्रचार सामाग्रीले झकिझकाउ बनाईएको मतदान स्थलमा मतदाता भन्दा बढी समर्थकहरुको हुल बढी देख्न सकिन्छ ।

संस्थापन र पौडेलपक्षबीचको भिडन्त हो ? भनेर खबरकुराको प्रश्नमा संस्थापन पक्षका उम्मेदवार युवराज गिरीले यो कांग्रेसको चुनाव हो भनेर जवाफ फर्काए । गिरीले चुनावमा फरक फरक गुट नभएर काँग्रेसको मात्र चुनाव भएको बताईरहँदा सँगै प्रचारमा भिडेका अर्का उम्मेदवार चोपनाराण श्रेष्ठले भने आफु देउवा पक्षबाट उम्मेदवार बनेको बताइरहेका थिए । म शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेको हो । उनले भने ।

फरक फरक समूह बनाएर चुनावमा भिडेपनि दुबै समूहका सभापतिका उम्मेदवार काजिमान श्रेष्ठ र हरि लम्सालको समिप्यता भने गहिरो देखिन्थ्यो । सँगै मत खसालेका उनीहरुले मतदाताहरुलाई एकताबद्ध काँग्रेसको सन्देश दिन पत्रकारहरुलाई साथसाथमा फोटो समेत खिचाउन भ्याए ।

३ दिन पहिले मात्र रुपन्देहीको भैरहवामा देउवा पक्षले पौडेल पक्षका नेताहरुलाई मत गणनास्थलमा कुटपिट गरेपनि बुटवलमा भने सौहार्दपूर्ण तरिकाबाट दुबै पक्षका उम्मेदवारहरुले मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेका थिए ।

सामान्यतया सडकमा ननिस्केने गरेका बुटवलका उच्च घरानाका व्यक्तिहरु पनि काँग्रेस भित्र आफ्नो समूहलाई जिताउन मतदान स्थलमा खटेका थिए ।

४७ पदका लागि हुन गइरहेको क्षत्रिय समितिको निर्वाचनमा १ सय बढी उम्मेदवारहरु चुनावमा भिडेका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा वडाबाट निर्वाचित भएर आएका ६८७ जना मतदाता रहेका छन् ।

 

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : ४३ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल