११ चैत्र २०८२, बुधबार | March 25, 2026

पहिरोबाट बाजुरामा ६२ परिवार विस्थापित, २१ घरमा क्षति



बाजुरा । लगातारको अविरल वर्षाका कारण जिल्लाको उत्तरपूर्वी भेगका ६२ परिवार पहिरोको कारण विस्थापित भएका छन । गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमीन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन ।

उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट जमीन भासिएर पहिरो बग्न थालेपछि ४० परिवार विस्थापित भएका छन । हिमाली-४ फैतीको दलित बस्तीका २५ परिवार र वडा नं ६ को बोल्डिकका १५ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए ।

गाउँभन्दा तलबाट पहिरो बग्न थालेपछि फैतीका चार घर पूर्णरूपमा क्षति भएको र २१ घरमा आंशिक क्षति पुगेको अध्यक्ष मल्लले बताए । फैति र बोल्डिकमा गाउँभन्दा तलबाट जमीन भासिएपछि उक्त गाउँमा स्थानीयवासी विस्थापित भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले जानकारी दिए । जमीन भासिएर घरमा क्षति पुर्‍याएपछि स्थानीयवासीको उद्धार गरी सुरक्षित ठाउँमा लगिएको उनको भनाइ छ ।

यस्तै सोही गाउँपालिका-६ बोल्डिकमा पनि कर्णाली करिडोरको सडकमा पहिरो गएर गाउँको जमीनसमेत भासिएपछि स्थानीयवासीलाई उद्धार गरी आफन्त र सुरक्षित ठाउँमा सारेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । जोखिममा रहेका ४० परिवारलाई विद्यालय र आफन्तकोमा सारेर गाउँपालिकाले खाद्यान्नलगायतका राहत सामग्रीसमेत उपलब्ध गराएको धिकृत भण्डारीले बताए ।

बोल्डिकका विस्थापित परिवारलाई त्रिपाल, भाँडाकुँडा, खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको छ । फैतीका विस्थापित २५ परिवारलाई पनि राहत वितरणका लागि त्रिपाल, खाद्यान्न, भाँडाकुडालगायतका सामग्री लिएर गाउँपालिकाको टोली फैती गएको गाउँपालिकाले जनाएको छ ।

पहिरो बग्न थालेपछि १२ परिवार विस्थापित

जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक गाउँपालिका-१ चिसापानी जोरुमा घर माथिबाट पहिरो बग्न थालेपछि शुक्रबार १२ परिवार विस्थापित भएका छन ।

घरभन्दा माथिबाट लगातार पहिरो बग्न लागेकाले जोरुका ती परिवार घर छाडेर आफन्तको घरमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले बताए। लगातारको अविरल वर्षाका कारण जिल्लाका दर्जनौँ बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन । भिरालो जमीन र खुकुलो माटो भएका कारण जिल्लामा पहिरो जाने गरेको छ । रासस

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : २५ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई