७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

लुम्बिनी विकास कोषलाई चीनको लसान शहरद्वारा स्वास्थ्य समाग्री सहयोग



काठमाडौं । चीनको लसान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले लुम्बिनी विकास कोषलाई सहयोगस्वरुप उपलब्ध गराएको ४० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको छ ।

कोषको अनुरोधमा लसान नगरपालिका जनसरकारको तर्फबाट सो समितिले १५ थान अक्सिजन कन्सन्ट्रेटर, ५० हजार सर्जिकल मास्क, दुई हजार पिपिई र दुई हजार नै मेडिकल गगल्स उपलब्ध गराएको हो ।

कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले झण्डै दुई लाख २० हजार चिनियाँ युवान बराबरको स्वास्थ्य सामग्री खुनमिङ सहरबाट हिमालय एअरलाइन्सको चार्टर उडानमार्फत् शुक्रबार बिहान काठमाडौं आइपुगेको जानकारी दिए । चिनियाँ भगिनी संस्थाको पहलमा अनुदानमा प्राप्त सामग्री सक्दो छिटो लुम्बिनी पठाउने तयारी भइरहेको राइले बताए ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चीनको सिछुवान प्रान्तस्थित लसान जाइण्ट बुद्ध रमणीय क्षेत्रबीच तीन वर्षयता भगिनी सम्बन्ध स्थापित छ । यी दुबै युनेस्कोको विश्व साँस्कृतिक सम्पदा सूचिमा सुचिकृत छन् । लशासन पहाडमा खोपिएकोे शाक्यमुनि बुद्धको ढुङ्गाको विशाल मूर्ति विश्वकै सबैभन्दा ठूलो मानिन्छ ।

यसअघि चीनको गैरसरकारी संस्था गुडविल फाउन्डेसनको पहलमा लसानको तर्फबाट कोषलाई उपलब्ध गराइएको १० थान कन्सन्ट्रेटर गत आइतवार काठमाडौं ल्याइएको थियो । असल मित्र र साझेदारको नाताले लसानले कठिन समयमा नेपाललाई सद्भावको स्वरुप ती स्वास्थ्य सामग्री उपलब्ध गराएको बताएको छ । -रासस

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : २४ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा