२३ बैशाख २०८१, आइतबार | May 5, 2024

युरोकप फुटबल : पोर्चुगलविरुद्ध जर्मनीको सानदार जित



काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’काे खेलमा जर्मनीले पोर्चुगलमाथि सानदार जित हात पारेको छ ।

म्युनिखस्थित एलिनाज स्टेडियममा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४(२ गोल अन्तरले पराजित गरेको हो । जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो। पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे ।

यस्तै, काइ हाभर्टेज र रोबिन गोसेन्सले एकरएक गोल गरे । पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक/एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा जर्मनले गोल गरेको थियो । रोबिन गोसेन्सले फरवार्ड सर्ज गनाब्रीको पासमा गोल गरेपनि मान्यता पाएन । गोलअघि क्रस आउने क्रममा नै गनाब्री अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता नपाएको हो ।

१० औं मिनेटमा काइ हाभर्ट्जले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक रुइ प्याट्रीसिओले बिफल पारे । १४ औं मिनेटमा पोर्चुगलले अग्रता लियो । काउन्टर अट्याकमा पोर्चुगलका लागि डिओगो जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पास दिएपछि उनले खाली पोस्टमा गोल गरेका थिए ।

जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल हो । रोनाल्डोको यो १ सय ७ औं अन्तराष्ट्रिय गोल पनि हो । जारी युरोमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरोकपमा कीर्तिमानी १२ औं गोल हो ।

२२ औं मिनेटमा छोटो कर्नरपछि राफेल गुरेरोले दिएको क्रसलाई रुबेन डियासले ६ यार्ड बक्सभित्र हेडर पास दिएपनि पेपे उक्त बलसम्म पुग्न सकेनन् । ३५ औं मिनेटमा जर्मनी खेल बराबर गर्न सफल भयो । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो । हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्स गोल भएको थियो ।

३८ औं मिनेटमा जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोले क्लिअरेन्स गर्न खोज्दा बल आफ्नै पोस्टमा छिरेको थियो । ४४औं मिनेटमा गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार प्याट्रीसिओले बिफल पारे । पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्ज गनाब्रीले काउन्टर अट्याकमा पेनाल्टी क्षेत्र भित्र पुगेर गरेको प्रहार प्याट्रीसिओ बचाए ।

५१ औं मिनेटमा जर्मनीले अग्रता बढायो । गोसेन्सको क्रसलाई हाभर्ट्जले ६ यार्ड बक्स भित्रबाट पहिलो टचमा गोल गर्दै खेल ३(१ ले अगाडी बढाए । उनको जारी प्रतियोगितामा पहिलो गोल हो ।

६० औं मिनेटमा पेनाल्टी क्षेत्रको दायाँ भागबाट किम्मिखले दिएको क्रसलाई फार पोस्टमा अनमार्क रहेका रोबिन गोसेन्सले हेडरमार्फत् गोल गर्दै जर्मनीको अग्रता ४(१ मा पुर्‍याए।

६६ औं मिनेटमा गुरेरोको फ्रिकिकलाई रोनाल्डोले बाहिरिसकेको बललाई लाइन भित्रबाट तान्दै दिएको पासमा जोटाले गोल गरे । ७८ औं मिनेटमा वैकल्पिक खेलाडी रेनाटो सान्चेस अभागी ठहरिए । झन्डै लामो दुरी बाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो ।

८३ औं मिनेटमा लिओन गोरेट्जकाले काउन्टर अट्याकमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।

जितसँगै जर्मनी समूहको दोस्रो स्थानमा उक्लिएको छ । पोर्चुगलसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : ३३ बजे

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३