१८ माघ २०८२, आइतबार | February 1, 2026

जब बेहुलाले मोटरसाइकलमै बेहुली भित्र्याए…



संखुवासभा । न बाजागाजा न जन्तीको लावालस्कर । कोरोना संक्रमणका कारण हाल विवाह समारोहमा यस्ता गतिविधि देखिँदैनन् । जिल्ला प्रशासनले समेत यस्ता गतिविधिमा पूर्णतः रोक लगाउँदै आएको छ ।

जिल्ला प्रशासनले विवाह समारोहमा १५ जनाभन्दा बढी उपस्थित नगराउन निर्देशन नै दिएको छ । तर, पनि यातायात सुविधा भएको ठाउँमा दुलाहाले सकेसम्म दुलही ल्याउन गाडीकै प्रयोग गरेको देख्न सकिन्छ ।

संखुवासभाको खाँदबारी नगरपालिका-८ का एक व्यक्तिले भने कोरोना संक्रमणबाट जोगिन र निषेधाज्ञाका कारण मोटरसाइकलमै बेहुली भिœयाएका छन् । खाँदबारी नगरपालिका-८ का सन्तोष श्रेष्ठले कोरोना भाइरसको त्रास र निषेधाज्ञाका कारण बिनातामझाम मोटरसाइकल चढाएर बेहुली भिœयाएका हुन् । उनी बेहुली लिन धर्मदेवीको आँखीभुइँ गएका थिए ।

कोरोना भाइरस संक्रमणको त्रास र निषेधाज्ञाका कारण आफूले सामान्य तरिकाले गरेको दुलही ल्याएको सन्तोषले बताए ।
दुलाहा सन्ताषले धर्मदेवी नगरपालिका-७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । यसका लागि उनी पाँच सात जना आफन्तसहित बेहुलीको घर पुगेका थिए ।

कोरोना भाइरसका त्रासका कारण दुवैतिर थोरै व्यक्ति भेला भई विवाह सम्पन्न भएको उनले बताए । संखुवासभामा हालसम्म १ हजार ५ सय ९४ जना कोरोना संक्रमित भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आजको राजधानी दैनिकमा भविन कार्कीले लेखेका छन ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : ०२ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा