२२ भदौ २०८३, सोमबार | September 8, 2026

सिलिचोङका पहिरो पीडितको एक वर्ष टेन्टमै बित्यो



संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका गाउँपालिका-१ का पहिरो पीडित एक वर्ष बित्दा पनि अझै टेन्टमै बास बस्न बाध्य भएका छन् ।

पहिरोले विस्थापित भएका बेसिन्दा गाउँका ९७ घर परिवारले पुनस्र्थापना हुन नसक्दा टेन्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । पहिरो गएको एक वर्ष बितिसक्दा पनि पीडित घर फर्किएर बस्न पाएका छैनन् ।

गत वर्ष असार २८ गते राति आएको पहिरोले सिलिचोङ गाउँपालिका-१ बेसिन्दाका ९ घर बगाउँदा ११ जना अझै बेपत्ता छन् । पहिरोबाट विस्तापित भएको एक वर्ष बिते पनि पीडित परिवार टेन्टमै बस्न बाध्य छन् । सरोकारवाला निकायले चाँसो नदेखाउँँदा विस्थापित परिवार अहिले पनि टेन्टमै बसिरहेका छन् । वर्ष दिन बितिसक्दा समेत पुनस्र्थापना गर्न तीनै तहका सरकारले चासो देखाएका छैनन् । पहिरोले घर बगाएका पीडितले ओत लाग्ने छानो समेत पाएका छैनन् ।

हिउँद लागेपछि घरमै बसेका पहिरो पीडित घर बग्ने हो कि भन्ने चिन्तामा छन् । पहिरोको उच्च जोखिम भएका कारण पानी पर्न थालेपछि घर बगाउने डरले टेन्टमै बसिरहेको स्थानीय हिरालाल राईले बताए । उता सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङका अनुसार गाउँपालिकाले पहिरो पीडित ९७ परिवारमध्ये ५५ घर परिवारलाई खाँदबारी नगरपालिकामा पुनस्र्थापना गर्न लागिएको जानकारी दिए । उनले भने हामीले पीडितको इच्छा चाहना गरेका केही ठाउँमा पुनस्र्थापना गर्न लागेको बताए । त्यसैगरी २५ परिवारका लागि सिलिचोङ-१ मा रहेको चित्रे, १२ परिवारलाई बखल्टुमटार र अन्य ५ परिवारलाई सोही क्षेत्र आसपास पुनस्र्थापना गर्ने तयारी भइरेहको बताए ।

पुनस्र्थापना लागि राख्न चित्रेमा र बखलटुङमा जग्गा खरिद गरेरर राख्ने प्रक्रिया सुरु गरेको बताए । गत वर्ष असार २८ गते रातिको पहिरोमा स्थानीय ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरी २१ वर्षीया एन्जिला राई र ११ वर्षीया नम्रता राई बेपत्ता भएका थिए । ६५ वर्षीया गोरीमाया राई र उनकी छोरी २२ वर्षीया प्रकृति राई पनि बेपत्ता भएका थिए । यस्तै ५२ वर्षीय जुद्धबहादुर राई ९माने०, उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई, स्थानीय ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई र उनकी श्रीमती ८२ वर्षीया आइतमाया पनि बेपत्ता भएका थिए । आजको राजधानी दैनिकमा भविन कार्कीले लेखेका छन ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ४६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार