२४ बैशाख २०८१, सोमबार | May 6, 2024

इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना



तेहरान (सिन्ह्वा) । इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ ।

इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यसमा रहेका एकजनाको ज्यान गएको छ ।

सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा के कति मत्रपत्र र को को थिए भन्ने बारेमा भने केही खुलाइएको छैन । यहाँ शुक्रबार मतदान भएको थियो ।

मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका थिए । इरानको यस निर्वाचनमा यहाँका सर्वोच्च नेता आयतुल्लाह खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो ।

सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका थिए । उनले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गरेका थिए ।

करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका थिए । विभिन्न सञ्चारमाध्मयहरुले यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा न्यून संख्याको मतदान भएको बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : ४६ बजे

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका