४ पुस २०८२, शुक्रबार | December 20, 2025

लगातारको वर्षाले डोटीमा पक्की घर भत्कियो



डोटी । लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो । घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उनले जानकारी दिए ।

छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीले उद्धार गरेका छन् ।

जिल्लामा अहिले पनि वर्षात भइरहेको छ । वर्षाका कारण यहाँका विभिन्न ठाउँमा पहिरा आउँदा सडकसमेत अवरुद्ध भएका छन् । रासस

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ११ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको