१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

नेपाल चेम्वर अफ कमर्सद्धारा वाढी पिडितहरुको लागि राहत सामाग्री हस्तान्तरण



काठमाडौं । यसै हप्ता आएको भिषण बर्षाको कारण उत्पन्न वाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा घरवारबिहीन हुन पुगेका स्थानियबासीलाई नेपाल चेम्वर अफ कमर्सले आपतकालिन राहत सामाग्री पठाएको छ । सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पिडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले तत्कालिन राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल पठाएको हो ।

चेम्बर अफ कमर्सको राहत सामाग्री अध्यक्ष राजेन्द्र मल्लले मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष श्री चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ हस्तान्तरण गरेका थिए ।

रहात सामग्री हस्तान्तरण गर्दै अध्यक्ष मल्लले बाढीबाट बेघरबार हुनुपरेका स्थानीयबासीको पिडामा गहिरो दुख व्यक्त गरे । बाढिमा परी असामयीक निधन भएकाहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै अध्यक्ष मल्लले शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना समेत व्यक्त गरे ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : ५२ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित