६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल चेम्वर अफ कमर्सद्धारा वाढी पिडितहरुको लागि राहत सामाग्री हस्तान्तरण



काठमाडौं । यसै हप्ता आएको भिषण बर्षाको कारण उत्पन्न वाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा घरवारबिहीन हुन पुगेका स्थानियबासीलाई नेपाल चेम्वर अफ कमर्सले आपतकालिन राहत सामाग्री पठाएको छ । सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पिडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले तत्कालिन राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल पठाएको हो ।

चेम्बर अफ कमर्सको राहत सामाग्री अध्यक्ष राजेन्द्र मल्लले मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष श्री चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ हस्तान्तरण गरेका थिए ।

रहात सामग्री हस्तान्तरण गर्दै अध्यक्ष मल्लले बाढीबाट बेघरबार हुनुपरेका स्थानीयबासीको पिडामा गहिरो दुख व्यक्त गरे । बाढिमा परी असामयीक निधन भएकाहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै अध्यक्ष मल्लले शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना समेत व्यक्त गरे ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : ५२ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)