१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पाकिस्तानका विदेशमन्त्री कुरैशी भन्छन्, – क्षेत्रीय एकतालाई सुदृढ बनाउन पाकिस्तान प्रतिवद्ध छ



पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले आर्थिक सहायता संगठन (इको)को संस्थापक सदस्यको रूपमा क्षेत्रीय एकता र सम्पर्कलाई बढावा दिन आफ्नो देश प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तालियामा डिप्लोमेसी फोरममा भाग लिन टर्की पुगेका विदेशमन्त्री कुरैशीले ईसीओका महासचिव डा. हादि सोलिमानपोरसँगको साइडलाइन वार्तामा यस्तो बताएका हुन् । कुरैशीले पाकिस्तान क्षेत्रीय एकतालाई अझ सुदृढ बनाउन प्रतिवद्ध रहेको पाकिस्तानको विदेशमन्त्रालयले जनाएको छ ।

छलफलमा कुरैशीले आर्थिक सहयोग संगठनको संस्थापक सदस्यको रूपमा सदस्य राष्ट्रहरु बीचको सम्पर्कलाई थप मजबुद बनाउनुपर्ने धारणा राखेका छन् । कुरैशी भने, ‘ईसीओको ढाँचाको आधारमा पाकिस्तानले आपसी व्यापारलाई अभिवृद्धि गर्नका लागि सदस्य राष्ट्रहरूसँग निष्कपट प्रयास गरिरहेको छ। आर्थिक विकास र क्षेत्रमा शान्ति र स्थिरताका लागि पाकिस्तान प्रतिवद्ध छ ।’

पाकिस्तानी विदेशमन्त्री कुरैशीले अफगानिस्तानको पुनर्निर्माण, दीगो विकास एवं कानून र सुव्यवस्थाको पुनर्स्थापनाका लागि निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिए ।

त्यसअवसरमा ईसीओको महासचिवले आर्थिक सहयोग संगठनमा पाकिस्तानको सक्रिय र जीवन्त भूमिकाको प्रशंसा गरेको पाकिस्तान विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ५७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम