७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पाकिस्तानका विदेशमन्त्री कुरैशी भन्छन्, – क्षेत्रीय एकतालाई सुदृढ बनाउन पाकिस्तान प्रतिवद्ध छ



पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले आर्थिक सहायता संगठन (इको)को संस्थापक सदस्यको रूपमा क्षेत्रीय एकता र सम्पर्कलाई बढावा दिन आफ्नो देश प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तालियामा डिप्लोमेसी फोरममा भाग लिन टर्की पुगेका विदेशमन्त्री कुरैशीले ईसीओका महासचिव डा. हादि सोलिमानपोरसँगको साइडलाइन वार्तामा यस्तो बताएका हुन् । कुरैशीले पाकिस्तान क्षेत्रीय एकतालाई अझ सुदृढ बनाउन प्रतिवद्ध रहेको पाकिस्तानको विदेशमन्त्रालयले जनाएको छ ।

छलफलमा कुरैशीले आर्थिक सहयोग संगठनको संस्थापक सदस्यको रूपमा सदस्य राष्ट्रहरु बीचको सम्पर्कलाई थप मजबुद बनाउनुपर्ने धारणा राखेका छन् । कुरैशी भने, ‘ईसीओको ढाँचाको आधारमा पाकिस्तानले आपसी व्यापारलाई अभिवृद्धि गर्नका लागि सदस्य राष्ट्रहरूसँग निष्कपट प्रयास गरिरहेको छ। आर्थिक विकास र क्षेत्रमा शान्ति र स्थिरताका लागि पाकिस्तान प्रतिवद्ध छ ।’

पाकिस्तानी विदेशमन्त्री कुरैशीले अफगानिस्तानको पुनर्निर्माण, दीगो विकास एवं कानून र सुव्यवस्थाको पुनर्स्थापनाका लागि निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिए ।

त्यसअवसरमा ईसीओको महासचिवले आर्थिक सहयोग संगठनमा पाकिस्तानको सक्रिय र जीवन्त भूमिकाको प्रशंसा गरेको पाकिस्तान विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ५७ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन