६ बैशाख २०८३, आइतबार | April 19, 2026

युरोकप फुटबल : समूह चरणको अन्तिम खेलमा स्विट्जरल्याण्डको जित



काठमाडौं । स्विट्जरल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलकाे समूह चरण अन्तर्गतकाे अन्तिम खेलमा जित हात पारेकाे छ ।

बाकुमा आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्याण्डले पहिलो जित निकालेको हो ।

स्विट्जरल्याण्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे । हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए । खेलको छैटौं मिनेटमा स्विट्जरल्याण्डले हरिस सेफेरोभिचको गोलमा अग्रता लिएको थियो। स्टिभन जुबरको पासमा उनले गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे ।

२६ औं मिनेटमा जुबरकै पासमा शाकिरीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । ६२ औं मिनेटमा टर्कीले खेलमा फर्कने संकेत देखाएकाे थियाे । पेनाल्टी क्षेत्र बाहिरबाट इरफान च्यान काभेचीले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

६८ औं मिनेटमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्याण्डको २ गोलको अग्रता पुन: स्थापना गरे । जुबरले दिएको अन्तिम लो क्रसलाई शाकिरीले गोलमा परिणत गरेका थिए ।

समूह ’ए’को अन्तिम खेल समाप्त भएसँगै इटाली ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो। पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो। यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३-० गोल अन्तरले नै हराएको थियो ।

वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरे । वेल्सले ३ खेलमा ४ अंक जोडेको थियाे । पहिलो खेलमा स्विजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

यसअघि वेल्स र स्विट्जरल्याण्डले खेल १-१ को बराबरीमा सकिएको कारण गोलअन्तरले नै समूहमा स्थानको छिनोफानो भएको हो । ४ अंक जोडेको स्विट्जरल्याण्ड भने अब अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतीक्षा गर्नुपर्ने छ । टर्की भने अंकविहिन रहँदै युरोबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : १८ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय