१८ माघ २०८२, आइतबार | February 1, 2026

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापित गर्छ : प्रचण्ड; भन्छन् – ओलीले अदालतलाई धम्की दिन छोडेनन्



काठमाडौं । नेकपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन अझ मजबुद र सुदृढ बन्ने बताएका छन् ।

सोमबार बिहान आयोजित माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमन विरुद्ध पाँच पार्टीले बनाएको विपक्षी गठबन्धनलाई थप मजबुद बनाउने निर्णय भएको बताएका हुन् । प्रचण्डले गठबन्धनलाई सदृढ बनाएर निरन्तरता दिने विषयमा सहयात्री दलहरुसँग सहमति भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई धम्क्याउने काम जारी राखेको समेत बताए । प्रचण्डले ओली र उनका मान्छेले अदालतलाई सकेसम्म प्रभावित पार्न खोज्ने र त्यसका लागि धम्की दिने प्रयासलाई जारी राखेको आरोप लगाए । यस विरुद्ध तल्लो तहसम्म जनमत तयार पार्ने र प्रतिवाद गर्नुपर्ने उनले बताए ।

प्रचण्डले असंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि अदालतले न्याय दिने विश्वास गरे । ‘ओलीको निरंकुशतामाथि अदालतले अंकुश लगाउने छ भन्ने विश्वास छ’, उनले भने ।

प्रचण्डले ओलीले गरेको असंवैधानिक काम विरुद्ध गठबन्धनले केही दिनमै संयुक्त आन्दोलन घोषणा गर्ने बताए । कोरोना महामारी र प्राकृतिक प्रकोपलाई समेत ख्याल गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक हुने उनले बताए । यसबारे गठबन्धनमा थप छलफल हुने उनले जानकारी गरए । प्रचण्डले स्थानीय तहसम्म ओलीका मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, कालोझण्डा देखाउने जस्ता कार्यक्रमहरु हुनसक्ने पनि जानकारी गराए ।

प्रचण्डले सर्वोच्च अदालतले एमालेका प्रदेश सांसदहरुबारे गरेको अन्तरिम आदेशमा ओली भ्याकेटमा गएका कारण माधवकुमार नेपाल पक्षसँग एकता गर्न नचाहेको स्पष्ट भएको बताए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : ०२ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४