१९ असार २०८३, शुक्रबार | July 3, 2026

पार्टी परित्याग गरेका केन्द्रीय नेता र जनप्रतिनिधिको विवरण माओवादीले निर्वाचन आयोगलाई बुझाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका नेताहरु र स्थानीय तहका जनप्रतिनिधिहरुको विवरण निर्वाचन आयोगमा पुनः बुझाउने भएको छ ।

माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय समिति बैठकले दल त्याग गरेका नेताहरु र जनप्रतिनिधिहरुको विवरण आयोगमा पुनः बुझाउने निर्णय गरेको हो ।

यसअघि नै पार्टी परित्याग गरेर अर्को पार्टीमा प्रवेश गरिसकेका केन्द्रीय नेताहरु र जनप्रतिनिधिबारे आयोगलाई जानकारी गराए पनि केन्द्रीय समिति बैठककै निर्णय खोजेका कारण फेरि विवरणसमेटिएको निर्णय बुझाउन लागिएको माओवादी स्थायी समिति सदस्य दीनानाथ शर्माले बताए ।

माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा बनेपनि सर्वोच्च अदालतको गत फागुन २३ गतेको निर्णयले पूर्ववत पार्टी स्थापना गरेपछि दुवै पार्टीका सबै नेता र निर्वाचित जनप्रतिनिधिहरु आआफ्नै दलमा फर्किनुपथ्यों । तर, तत्कालिन गृहमन्त्री एवं पार्टीका सचिवालय सदस्य रामबहादुर थापा, टोपबहादुर रायमाझी सहितका केन्द्रीय नेताहरु एवं सांसदहरु र स्थानीय तहका केही जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेका थिए । तीमध्ये रामबहादु थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरी शंकर चौधर, चन्द्र बहादुर खड्काको सांसद पद यसअघि नै खारेज भैसकेको छ । यस्तै प्रदेशका केही सांसदहरुको समेत सांसद पद खारेज भैसकेको छ ।

तर स्थानीय तहका जनप्रतिनिधिहरुको भने अहिलेसम्म पदबहालमै रहेका छन् । निर्वाचन आयोगले दल त्याग गरेका नेता र जनप्रतिनिधिहरुमाथि पार्टीको आधिकारिक कमिटीले निर्णय गरेको माइन्यूट नपाएका कारण उनीहरुलाई अहिलेसम्म पनि माओवादी केन्द्रको लिस्टबाट हटाएको थिएन ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आयोगलाई अब औपचारिक रुपमै उनीहरुलाई पार्टीले अनुशासनको कारवाही गरेर साधारण सदस्यसमेत नरहने गरी निस्काशनको जानकारी गराउने नेता शर्माले बताए । जसअनुसार स्थानीय तहका प्रमुख उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी १४ जनलाई निस्काशन गरेको जानकारी गराउन लागिएको छ ।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : २० बजे

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक