६ पुस २०८२, आइतबार | December 22, 2025

पार्टी परित्याग गरेका केन्द्रीय नेता र जनप्रतिनिधिको विवरण माओवादीले निर्वाचन आयोगलाई बुझाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका नेताहरु र स्थानीय तहका जनप्रतिनिधिहरुको विवरण निर्वाचन आयोगमा पुनः बुझाउने भएको छ ।

माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय समिति बैठकले दल त्याग गरेका नेताहरु र जनप्रतिनिधिहरुको विवरण आयोगमा पुनः बुझाउने निर्णय गरेको हो ।

यसअघि नै पार्टी परित्याग गरेर अर्को पार्टीमा प्रवेश गरिसकेका केन्द्रीय नेताहरु र जनप्रतिनिधिबारे आयोगलाई जानकारी गराए पनि केन्द्रीय समिति बैठककै निर्णय खोजेका कारण फेरि विवरणसमेटिएको निर्णय बुझाउन लागिएको माओवादी स्थायी समिति सदस्य दीनानाथ शर्माले बताए ।

माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा बनेपनि सर्वोच्च अदालतको गत फागुन २३ गतेको निर्णयले पूर्ववत पार्टी स्थापना गरेपछि दुवै पार्टीका सबै नेता र निर्वाचित जनप्रतिनिधिहरु आआफ्नै दलमा फर्किनुपथ्यों । तर, तत्कालिन गृहमन्त्री एवं पार्टीका सचिवालय सदस्य रामबहादुर थापा, टोपबहादुर रायमाझी सहितका केन्द्रीय नेताहरु एवं सांसदहरु र स्थानीय तहका केही जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेका थिए । तीमध्ये रामबहादु थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरी शंकर चौधर, चन्द्र बहादुर खड्काको सांसद पद यसअघि नै खारेज भैसकेको छ । यस्तै प्रदेशका केही सांसदहरुको समेत सांसद पद खारेज भैसकेको छ ।

तर स्थानीय तहका जनप्रतिनिधिहरुको भने अहिलेसम्म पदबहालमै रहेका छन् । निर्वाचन आयोगले दल त्याग गरेका नेता र जनप्रतिनिधिहरुमाथि पार्टीको आधिकारिक कमिटीले निर्णय गरेको माइन्यूट नपाएका कारण उनीहरुलाई अहिलेसम्म पनि माओवादी केन्द्रको लिस्टबाट हटाएको थिएन ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आयोगलाई अब औपचारिक रुपमै उनीहरुलाई पार्टीले अनुशासनको कारवाही गरेर साधारण सदस्यसमेत नरहने गरी निस्काशनको जानकारी गराउने नेता शर्माले बताए । जसअनुसार स्थानीय तहका प्रमुख उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी १४ जनलाई निस्काशन गरेको जानकारी गराउन लागिएको छ ।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : २० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको