२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

व्यापार व्यवसाय संचालन गर्न पाउने गरि बाँकेमा थपियो १ साता निषेधाज्ञा



नेपालगन्ज । बाँके प्रशासनले उद्योग कल कारखाना र तोकिएका व्यवसाय संचालन गर्न पाउने गरि १ साताका लागि निषेधाज्ञा थप गरेको छ । आज राती १२ बजेबाट असार १४ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रशासनले आज जारी गरेको आदेशमा कोरोना संक्रमणको प्रभावमा केही कमी आएपनि पूर्णरुपमा नियन्त्रण भईनसकेका कारण एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको उल्लेख गरिएको छ । आदेशमा अत्यावश्यक सामग्रीका पसलहरु सहित अन्य व्यवसाय संचालको समयलाई बढाएर बिहान ९ बजेबाट ४ बजे समम संचालन गर्न पाईने, रेष्टुरेन्टहरुले होम डेलिभरी सेवा संचालन गर्न पाउने, बैंक तथा बित्तीय संस्थाहरुले स्वास्थ्य सतर्कता अपनाएर संचालन गर्न पाईने व्यवस्था मिलाईएको छ ।

यसपटक थप गरिएको निषेधाज्ञामा पनि सार्वजानिक सवारी साधन, पार्टी प्यालेश, जिम, स्विमिङ पुल, खेल मैदान जस्ता स्थानहरुलाई पूर्ववत निषेध गरिएको छ । तोकिएको बाहेकको गतिबिधि भएको अवस्थामा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम ब्यक्तिको हकमा १ लाख र संस्थाका हकमा ५ लाख जरिवाना हुने आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : ४३ बजे

दीपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

काठमाडौं। नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत १११ खर्ब रुपैयाँ लाग्ने

काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब एक सय ११

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय