७ आश्विन २०८३, बुधबार | September 23, 2026

कर्णाली प्रदेशसभाका सांसदको पुनर्वाहाली विरुद्ध एमालेले दिएको ‘भ्याकेट’ निवेदन सर्वोच्चमा दर्ता



काठमाडौं । कर्णाली प्रदेशका ४ जना सांसद् पूनर्वाहालीका विरुद्ध नेकपा (एमाले)ले दायर गरेको पुनरावेदन (भ्याकेट निवेदन) सर्वोच्च प्रशासनले दर्ता गरेको छ ।

पार्टीको निर्देशनविपरीत कर्णाली प्रदेशसभाका ४ जना सांसद्ले ‘फ्लोर क्रस’ गरेको भन्दै एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले पार्टीबाट निस्काशन गरेको थियो ।

सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको अस्तित्वलाई नै अस्वीकार गर्दै उनीहरुलाई पुनर्वाहाली गरिदिएको थियो । भ्याकेट निवेदनमा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने जिकीर गरिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट एमालेले हिजो सर्वोच्चमा निवेदन दिएको थियो ।

चार सांसद मध्य प्रकाश ज्वाला बाहेक अन्य ३ जना माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारमा मन्त्री छन् ।

पार्टीको निर्देशन (ह्वीप) विपरीत एमालेका सांसदहरु प्रकाश ज्वाला, अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १२ : २० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई