६ पुस २०८२, आइतबार | December 21, 2025

योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छ : उपप्रधानमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्राचीन कालमा नेपाली भूमिबाट शुरु भएको योगको परम्परालाई नयाँ उचाइबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालले आज बिहान आयोजना गरेको कार्यक्रमा अर्थमन्त्रीसमेत रहेका पौडेलले श्रमको चरित्र बदलिएसँगै स्वस्थ जीवन र स्वस्थ मनका लागि योगको नियमित अभ्यासको महत्व अझ बढेर गएको बताए ।

पछिल्लो समय योगको महत्व विश्वव्यापी रुपमा स्थापित हुनु नेपाल र नेपालीका लागि गौरवको विषय रहेको पौडेलको भनाइ थियो । योगलाई विश्वस्तरमा स्थापित गर्न स्वामी रामदेव र आचार्य बालकृष्णले गरेको योगदानको उनले प्रशंसा गरे ।

कार्यक्रममा पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले अन्तर्राष्ट्रिय योग प्रोटोकलको अभ्यास गराउनुभएको थियो । कार्यक्रममा जुम प्रविधिबाट योग अभ्याससमेत गराइएको थियो । योगबाट समस्त मानवजातिलाई लाभान्वित तुल्याउँदै आयुर्वेदको उपयोगितालाई अझ विस्तारित गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १ : १३ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको