२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

युरोकप फुटबल : रुसलाई हराउँदै डेनमार्क अघिल्लो चरणमा



काठमाडौं । डेनमार्क जारी युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गरेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदान पार्केन स्टेडियममा सम्पन्न खेलमा डेनमार्कका मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक गोल गरे । रुसका लागि आर्टम ज्यूबाले सान्त्वना गोल फर्काए ।

डेनमार्कले खेलको ३८ औं मिनेटमा डाम्सगार्डको गोलमा अग्रता बनाएको थियो । ५९औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए ।

खेलको ७० औं पाएको पेनाल्टी सदुपयोग गर्दै रुसले खेल २-१ को स्थितिमा ल्यायो । आर्टमले पेनाल्टीमा गोल गर्दै गरेका थिए । खेलको ७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३-१ को स्थितिमा पुर्याए भने ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४-१ को जित दिलाए ।

जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्दै समूहको उपविजेता बन्यो । पहिलो खेलमा फिनल्याण्डसँग १-० ले पराजित भएको डेनमार्क दोस्रो खेलमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो ।

समान तीन अंक भए गोलअन्तरका आधारमा रुस भने समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १-० ले हराएको थियो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ३५ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख