६ पुस २०८२, आइतबार | December 22, 2025

ओलीको भ्याकेट निवेदन : अन्तरिम आदेश खारेज गर्न सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमालेका चार जना प्रदेशसभा सांसदहरुलाई पदमुक्त नगर्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको छ ।

न्यायाधीसद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने विषयमा निर्णय गर्नुअघि दुवै पक्षसँग छलफल गर्नुपर्ने भन्दै चार सांसदलाई भ्याकेटबारे सूचना दिने आदेश दिएको छ ।

चार सांसदको पक्षमा जारी गरेको अन्तरिम आदेश विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीसद्वय भट्टराई र फुयाँलको इजलासले दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाही अमान्य भएको जिकिर गर्दै सर्वोच्च पुगेका चार सांसदको पक्षमा सर्वोच्चले यसअघि अन्तरिम आदेश जारी गरेको थियो । तर, त्यसविरुद्ध भ्याकेट परेपछि आज भएको सुनुवाइमा इजलासले दुवै पक्षसँग छलफल गरेपछि अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिनेबारेमा निर्णय हुने जनाएको छ ।

कर्णाली प्रदेश सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरवहादुर थापालाई एमालेले ह्वीप उल्लंघनमा कारवाही गरेपछि उनीहरु सर्वोच्चमा गएका थिए । त्यसपछि सर्वोच्चका न्यायाधीस प्रकाशकुमार राउतको एकल इजलासले पदबहालीमै रहने अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशको थप व्याख्या गर्दै मालेको दशौं महाधिवेशन आयोजक कमिटीले मान्यता पाउन नसक्ने उल्लेख गरिएको थियो । त्यसपछि कर्णाली प्रदेशसभा सचिवायलले पुनर्वहाली भएका सांसदहरुका लागि प्रदेशसभामा बस्न प्रतिपक्षी दलको बेञ्च बनाइदिएको थियो । यद्यपी, प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीहरु भने अहिलेसम्म प्रतिपक्षी दलको बेञ्चमा बस्न मानेका छैनन् ।

यता, ओली भ्याकेटमा गएसँगै पार्टीभित्र ओली पक्ष र माधव नेपाल पक्षबीच हुँदै आएको अनौपचारिक वार्ता पनि प्रभावित भएको छ । दशौं महाधिवेशनलाई आयोजक कमिटीलाई सुरुदेखि अस्वीकार गर्दै आएको माधव पक्षले ओलीको भ्याकेट निवेदन पार्टी एकता विरोधी गतिविधिको अर्को रुप भएको टिप्पणी गरेको छ । नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले इमान्दारितापूर्वक पार्टी एकता गर्न नचाहेको टिप्पणी गरेका छन् ।

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ३७ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको