६ पुस २०८२, आइतबार | December 21, 2025

ललितपुर महानगरमा आज ७७ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना खोप लगाईदै



काठमाडौं । ललितपुर महानगरपालिका भित्र बसोबास गर्ने ७७ वर्ष उमेरमाथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाईंदैछ ।

ललितपुर महानगरपालिकाले महानगरभित्र बस्ने ७७ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई भारतीय कोभिसिल्ड खोपको दोस्रो डोल लगाउन लागेको हो ।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म दुई हजार २२० जनालाई खोप लगाउने कार्यक्रम रहेको छ ।

वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरूले महानगरपालिकाले तोकेको आठवटा खोप केन्द्रबाट खोप लगाउन पाउने छन्।

महानगरपालिकाले प्रकाशित गरेको सूचना अनुसार वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकले लगनखेलस्थित पशु सेवा केन्द्र, पशु अस्पतालमा गएर खोप लगाउन सक्नेछन् ।

त्यस्तै वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका (पाटन हाइस्कुल)मा गएर खोप लगाउनु पर्नेछ । यसैगरी वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्रांगणमा र वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्ने छ ।

यसैगरी वडा नम्बर २६ र २७ का नागरिकलाई सुनाकोठीस्थित बालकुमारी स्कुलमा, वडा नम्बर २१ र २२ का नागरिकलार्य कार्यविनायक स्कुलमा खोप लगाउने व्यवस्था मिलाइएको छ । यस्तै, वडा नम्बर २८ र २९ का नागरिकलाई हरिसिद्धि स्वास्थ्य चौकीमा र वडा नम्बर १८ र १५ का नागरिकलाई सैंबु स्वास्थ्य चौकीमा खोपको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : १५ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या