१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै नबसी स्थगित



बुटवल । विपक्षी गठबन्धनको बहिस्कार पछि आईतबार स्थगित भएर आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ । प्रदेशसभा संसद सचिवालयमा सूचना टाँस गर्दै प्रदेशसभाको दशौं बैठक १८ दिनको लागि स्थगित गरिएको छ ।

आइतबारको प्रदेश सभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो ।

आज बस्ने भनिएको बैठक भने सुरु नहुँदै प्रदेश सभा सचिवालयले सुचना टाँस गरि असार २७ गतेसम्मको लागि स्थगित गरिएको छ। ‘पूर्व सूचना अनुसार निर्धारित आठौं अधिवेशनको दशौं बैठक विशेष कारणवश स्थगित भएकोले आगामी दशौ बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल आषाढ २७ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’ सचिवालयमा टाँस गरिएको सूचनामा उल्लेख छ ।

बैठकमा बजेटका विषयमा छलफल प्रारम्भ भएलगत्तै विपक्षी गठकन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै अल्पमतको सरकारले बजेट प्रस्तुत गर्न नकिल्ने भन्दै बहिस्कार गरेका थिए । प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत सिद्ध गर्नु पर्ने माग राख्दै अल्पमतका मुख्यमन्त्रीको नेतृत्वको सरकार अस्किवार गर्ने विपक्षी गठबन्धनको अडान राखेका छन् । मुख्यमन्त्री नियुक्त हुँदा पदमुक्त भएका र पाटीृमा नभएका सांसदहरुको समेत हस्ताक्षर गरि मुख्यमन्त्री शंकर पोखरेलले दाबी प्रस्तुत गरेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : ४६ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग