१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पुरानो लयमा फर्कने प्रयासमा बाँके र रुपन्देही, कोरोना अस्पतालहरु खाली हुँदै



नेपालगन्ज । कुनैबेला लुम्बिनी प्रदेशकै कोरोनाको हटस्पट बन्न प्रतिस्पर्धा गरिरहेका बाँके र रुपन्देही बिस्तारै आफ्नो पुरानो लयमा फर्कने प्रयास गरिरहेका छन् । बाँकेका बिगत ३ दिन देखि जिल्ला भित्रका कसैको पनि मृत्यु भएको छैन भने रुपन्देहीमा पनि मृत्युको संख्या १ वा २ मा सिमित भएको छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा १९ जना नयाँ संक्रमित थपिँदा १ जनाको मृत्यु भएको छ भने बाँकेमा ८ जना संक्रमित थपिँदा मृत्युको संख्या शुन्य रहेको छ । रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २६८ मा झरेको छ भने बाँकेमा ७४ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा बाँकेमा ९ जनाको डिस्चार्ज भएको छ भने रुपन्देहीमा ५७ जना डिस्चार्ज भएका छन् ।

बाँकेका अस्पतालहरुमा संक्रमितहरुका लागि छुट्याईएका बेडहरु मध्य ८८ प्रतिशत बेडहरु खाली भै सकेका छन् भने रुपन्देहीमा ३८२ बेड संक्रमितहरुका लागि छुट्याईएकोमा आज सम्ममा ७३ जनाको मात्र उपचार चलिरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदार साहले बताए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ६ : १८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम