१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मनसुनी वर्षा मध्य र पश्चिम भेगतिर सक्रिय



काठमाडौं । लगातारको मनसुनी वर्षा फेरि नेपालको मध्य र पश्चिम भेगमा केन्द्रित भएको छ । जेठ २८ गतेबाट सुरु भएको मनसुनी वर्षाले निरन्तरता लिँदै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आफ्नो चक्र दोहोर्‍याएको हो ।

मङ्गलबार रातिदेखि यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस भेगमा वर्षाको क्रम दोहोरिएसँगै बाढी पहिरोको सम्भावना बढेको छ । यसका कारण पहाडी भूभाग र तटीय क्षेत्रका बासिन्दामा त्रास पैदा हुन थालेको छ ।

पूर्वी भेग हुँदै मनसुन भित्रिए पनि मध्य र पश्चिमका प्रदेशमा यसअघिको एक सातामा अधिक स्तरसम्मको वर्षा भएको थियो । अझ यो क्रम केही दिन जारी रहने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार बिहान आकाश खुलेजस्तो भए पनि दिन ढल्दै जाँदा बादलले आकाश ढाकेर पानी पार्ने गरेको छ । बिहीबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै शुक्रबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही भेगमा भारी वर्षा र लुम्बिनी, गण्डकी प्रदेशमा मध्यम र हल्का वर्षाको आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । मध्य, पश्चिम र पूर्वका केही भेगमा केन्द्रित मनसुनी बादलका कारण हुने वर्षाले यस भेगका ठूला तथा साना नदीमा बाढी आउने भएको छ ।

कन्काई, कोसी, कमला, बागमती जलाधार क्षेत्रका नदीहरूमा आकस्मिक बाढी र बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढीपहिरोले २३ को मृत्यु

जेठ २८ गते यताको मनसुनी वर्षाका कारण आएको बाढीपहिरोबाट हालसम्म २३ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीपहिरोमा परेर २४ जना अझै बेपत्ता छन् । बाढीपहिरोजन्य विपद्मा परेर ९३ जना घाइते भएका छन् ।

सबैभन्दा धेरै सिन्धुपाल्चोकमा बाढीले बगाएकामध्ये पाँच जनाको मृत्यु भएको पुष्टि केन्द्रले गरेको छ । पछिल्लो समय रोल्पामा पहिरोले पुरेर तीन जनाको मृत्यु र तीन जना घाइते भएका जनाइएको छ ।

बाढीपहिरो र अविरल वर्षाका कारण जनजीवन प्रभावित हुने क्रम बढ्दै गएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यी विपत्का कारण ३२९ वटा निजी घर पूर्ण रूपले क्षतिग्रस्त बनेका छन् भने १०७ वटा घरमा आंशिक क्षति पुगेको छ ।

राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण देशका विभिन्न ११ वटा राजमार्ग अवरुद्ध भएका छन् । बुधबारदेखि पासाङ ल्हामु राजमार्ग अवरुद्ध बनेको हो । असार ५ गते पहिरोका कारण सडक अवरुद्ध भएपछि अरनिको राजमार्गको कोदारी सडक र ९ गतेबाट जुरे सडकखण्ड पहिरोले अवरुद्ध छ ।

त्यस्तै बेँसीसहर-मनाङ राजमार्ग पनि दुई स्थानमा बाढीपहिरोले अवरोध आएका कारण अवरुद्ध छ । त्यस्तै कर्णाली राजमार्ग, सिमकोट-हिल्सा सडकखण्ड, सल्यानको राप्ती राजमार्ग, बाजुराको साँफे-मार्तडी सडकखण्ड र मार्तडी-कोल्टी सडकखण्ड पनि कतै बाढीले सडक कटान गरेर त कतै पहिरोका कारण अवरुद्ध छ । त्यस्तै दार्चुला गोक्लेधर सडकखण्ड पनि अवरुद्ध भएको छ । आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ७ : ३९ बजे

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर