७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री र राष्ट्रपतिको अहंकारले देश संकटमा फस्यो : देउवा



काठमाडौं । नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले देशलाई संकटतर्फ धकेल्ने काम भएको बताएका छन् ।

पाँच विपक्षी गठबन्धनका शीर्ष नेताहरुद्वारा मिडियाका सम्पादहरुसँगको अन्तक्र्रियामा सभापति देउवाले प्रधानमन्त्रीको अहंकार र त्यसलाई साथ दिने राष्ट्रपतिको कदमका कारण देश संकटको भूमरिमा पुगेको जिकिर गरेका हुन् ।

देउवाले प्रतिनिधिसभा विघटनले मुलुकमा लोकतन्त्रमाथि नै खतरा देखिएको बताए । ओलीको कारण संविधान संकटमा परेको जिकिर गर्दै उनले भने, ‘दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्ने खोज्ने काम भएको छ । यसले मुलुकलाई संकटमा धकेल्न काम भएको छ । यसविरुद्ध संघर्षमा उत्रनुप आवश्यक भयो ।’

आफुले १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई अस्वीकार गरेर राष्ट्रपतिले लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरेको पनि उनले आरोप लगाए । संविधान, लोकतन्त्रको रक्षाका लागि नागरिक समाज, बुद्धिजीवि वर्गको सहकार्य आजको आवश्यक रहेको देउवाले बताए ।

शासकीय अहंकार र स्वेच्छाचारी प्रवृत्तिका कारण ओलीले अध्यादेशमार्फत शासन चलाउने, न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रहरुमाथि नियन्त्रण गरेको जिकिर गरे ।

राज्यसत्ता कब्जामा मात्रै ध्यान दिएको सरकारले कोरोना महामारी नियन्त्रण र प्राकृतिक विपत्तीबाट जनधनको सुरक्षा गर्न नसकेको आरोप लगाए । देउवाले भने, ‘कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन् ।

देउवाले पाँच दलको गठबन्धनले जनजीविकाका सबालमा दबाब सिर्जना गर्ने बताउँदै त्यसका लागि आवश्यक परे जनपरिचालन गरिने बताए ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ३ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई